दफा
निर्देशक समिति
(१) रेडियोधर्मी पदार्थको सम्बन्धमा नियमनकारी निकाय र पारमाणविक अनुसन्धान केन्द्रलाई आवश्यक निर्देशन दिन देहाय बमोजिमको एक निर्देशक समिति रहनेछः-
(क) मन्त्री, विज्ञान तथा प्रविधि हेर्ने - अध्यक्ष
(ख) प्रधान सेनापति, नेपाली सेना - सदस्य
(ग) सचिव, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय - सदस्य
(घ) सचिव, कृषि तथा पशुपन्छी विकास मन्त्रालय - सदस्य
(ङ) सचिव, गृह मन्त्रालय - सदस्य
(च) सचिव, मन्त्रालय - सदस्य
(छ) सचिव, रक्षा मन्त्रालय - सदस्य
(ज) सचिव, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय - सदस्य
(झ) उप-कुलपति, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान - सदस्य
(ज) महानिरीक्षक, नेपाल प्रहरी - सदस्य
(ट) महानिरीक्षक, सशस्त्र प्रहरी बल, नेपाल - सदस्य
(ठ) मन्त्रालयबाट मनोनीत कम्तीमा एकजना महिला सहित तीनजना विज्ञ - सदस्य
(ड) सहसचिव, मन्त्रालय - सदस्य-सचिव (२) उपदफा (१) को खण्ड (ठ) बमोजिमका सदस्यको पदावधि सामान्यतः दुई
वर्षको हुनेछ।
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै मनोनीत सदस्यले
आफ्नो पदीय जिम्मेवारी पूरा नगरेमा निजलाई जुनसुकै बखत पदबाट हटाउन सकिनेछ। तर त्यसरी पदबाट हटाउनु अघि निजलाई सफाइको मौका दिइनेछ।
(४) निर्देशक समितिको सचिवालय मन्त्रालयमा रहनेछ।